काठमाडौं । दक्षिण एसियाली फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप जित्ने नेपालको सम्भावना समाप्त भएको छ ।
बुधबार भएको पहिलो सेमिफाइनलमा माल्दिभ्ससंग ३–० ले पराजित हुदै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।
बंगबन्धु रंगशालामा बर्षाले प्रभावित भएको खेलमा नेपालले आफ्नो स्वभाविक प्रर्दशन गर्न सकेन ।
ईब्राहिम हसन वाहिदले तीन मिनेटको अन्तरमा दुई गोल गर्दै नेपालको उपाधि सम्भावना समाप्त पारे । ८४ औ मिनेटमा पहिलो गोल गरेका उनले ८६ औ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै माल्दिभ्सलाई ३ - ० को जितसहित फाईनल पुर्राए ।
त्यसअघि खेलको नवौ मिनेटमा अक्राम अब्दुलले फ्रिकिक गोलमार्फत माल्दिभ्सले अग्रता लिएको थियो । खेलमा नेपालले पनि गोलको केहि सुनौलो मौका पाएको थियो । तर, नेपाल गोल गर्न असफल भएको थियो । खेलको दोस्रो हाफमा विमलको हेड प्रहार माल्दिभ्सका किपरले मुस्किलले बचाएका थिए ।
माल्दिभ्ससंगको हारसंगै नेपाल पुनः साफको फाइनलमा पुग्न असफल भएको छ । र, साफको फाइनलमा पुग्न नेपाललाई माल्दिभ्स तगारो भएको छ ।
नेपालले अहिलेसम्म साफको फाइनल यात्रा तय गर्न सकेको छैन । चौथो पटक साफको फाइनलमा पुगेको नेपाललाई यसपटक इतिहास रच्ने मौका रहेको थियो । तर, साफको उपाधि जित्ने लक्ष्यसहित बंगलादेश आएको नेपाल असफल भएका छन् ।
योसंगै माल्दिभ्सले सन् २०१६ मा बंगबन्धु गोल्डकपमा बेहोरेको हारको बदला लिएको छ । यस्तै नेपालविरुद्ध माल्दिभ्सले साफमा अपराजित यात्रा कायम राख्न सफल भएको छ ।
नेपालले साफमा माल्दिभ्सलाई अहिलेसम्म हराउन सकेको छैन ।