सोमबार, ०४ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

‘प्रदेश खेलकुद अघि र केन्द्र पछि जस्तो भो’

मंगलबार, १३ माघ २०७७हिम बिक्रम केसी
‘प्रदेश खेलकुद अघि र केन्द्र पछि जस्तो भो’
Loading ad...
mustang rice ad

काठमाडौं । धेरै प्रदेशमा प्रदेश खेलकुद विकास ऐन बनिसकेका छैनन्, ऐन बनेपनि प्रमुख कार्यकारीको रुपमा सदस्य सचिव नियुक्ति हुन सकेको छैनन् ।

सदस्य सचिव नियुक्ति नहुँदा प्रदेश खेलकुदको गतिविधि अघि बढ्न सकेको छैन । केन्द्रले आफ्नो कार्यक्रम र बजेट कार्यान्वयन गराउन नसक्ने अवस्था छ । जसको असर प्रदेशको खेलकुद विकासमा देखिएको छ ।

बागमती र कर्णालीले मात्र सदस्य सचिव नियुक्ति गर्न सकेका छन् । ऐन बनेपनि धेरै प्रदेशले परिषद् सञ्चालनका लागि कार्यकारी प्रमुख नियुक्त गर्न सकेका छैनन् ।

तर, संघीय संरचना अनुसार बनेको बागमती प्रदेश खेलकुद विकास परिषद् निकै प्रभावकारी देखिएको छ । केन्द्रमा राष्ट्रिय खेलकुद खेलकुद विकास ऐन बन्दै थियो बागमतीले प्रदेश खेलकुद विकास ऐन २०७५ निर्माण गरि कार्यान्वयनमा लगिसकेको थियो । पछिल्लो समय घरेलु खेलकुदमा बागमती प्रदेश खेलकुद परिषद्को काम कारबाही प्रभावकारी र उदाहरणीय बनेको देखिन्छ ।

काठमाडौंमा अहिले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता चलिरहेको छ । बागमती टिमका लागि प्रदेश सरकारले दैनिक २ हजार भत्ता र १५ लाखको दुर्घटना बिमाको ब्यवस्था गरिदिएको छ । खेलाडीका हरेक समस्यामा प्रदेश खेलकुदका सदस्य सचिव सुर्य भण्डारीसंगै देखिन्छन् । स्वयम मैदानमा उपस्थित भएर खेलाडीको हौसला बढाईरहेको देखिन्छ ।

संघीय संरचना अनुसार पहिलो प्रदेश खेलकुद परिषद्को सदस्य सचिवको रुपमा रहेका बागमती प्रदेशका सदस्य सचिव सुर्य भण्डारीसंग खेलपाटीका सम्पादक हिमबिक्रम केसीले प्रादेशिक खेलकुदका विविध आयाममा केन्द्रित रहेर कुराकानी गरेका छन् ।

संघीय संरचना अनुसार बागमती प्रदेशले सुरुवातमै खेलकुद ऐन बनाएर प्रदेश खेलकुदलाई चलायमान बनाउन सक्यो । नयाँ अभ्यास र नयाँ संरचनामा ऐन निर्माण र कार्यान्वयनका जटिलता के थिए ?

संघीय संरचना अनुसार एक त केन्द्रको नबन्दै प्रदेशको ऐन बन्यो । केन्द्रमा हल्ला थियो । केन्द्रको नबनी प्रदेशले बनाउन सक्दैन भनेर । केन्द्रले प्रदेशको ऐन खारेज गर्दिन सक्छ सम्म भनियो । करिब ८–१० महिना मत मतान्तर देखियो, भ्रम रह्यो । त्यो जिम्मेवार निकायबाट पनि गराईन्थ्यो । खेलकुद परिषद्बाट पनि, लामो समय खेलकुदमा काम गरेका मान्छेबाट पनि । फेरी केन्द्रले प्रदेशको ऐन बनाउँछ भनेर कोही हल्ला गर्दै पनि हिड्थे ।

अरुले के भन्छ भनेर मतलब गर्ने हैन । संविधानमा के भनेर हेर्ने हो । संविधानले दिएका अधिकार हेर्ने हो । खेलकुद साझा अधिकार सुचिमा पर्ने विषय हो । साझा अधिकार सुचिमा परेको विषयलाई संघ, प्रदेश र स्थानीय तहले कानुन बनाएर कार्यान्वयन गर्न सक्छ । केन्द्रले जस्तो खेलकुद ऐन बनाउछ, प्रदेशले त्यही बनाउन पर्छ भन्ने छैन । आफ्नो मौलिकता हो । संघीयता भनेकै मौलिक कानुन बनाउने र मौलिक तरिकाले विकास गर्ने हो, त्यसैले संघीयता हुने हो । केन्द्रले जे–जे गर्यो । हामीले त्यही गर्ने भए केन्द्रको कानुन छँदैछ, किन प्रदेशको कानुन चाहियो ?
त्यही भएर केन्द्र र प्रदेशको ऐन एउटै छैन । खेलकुदको संरचना फरक छ । त्यहाँ प्रतिनिधित्व गर्ने बोर्डकै पदाधिकारी फरक छ । खेलको प्राथमिकता फरक छ । त्यो अनुसार नियमावली बनेको छ । सेवा सुविधा फरक छ । धेरै फरक छ भनेर बुझ्न पर्छ ।

 राष्ट्रिय खेलकुद विकास ऐन २०७७ कार्यान्वयनको चरणमा छ । नयाँ ऐनमाथि खेलकुदका सरोकारवाल पक्षबाट प्रशस्त टिप्पणी सुनिन्छ । प्रदेश खेलकुद हाँकिरहेको नेतृत्वकर्ताको हैसियतले नयाँ ऐनप्रति कुनै टिप्पणी छ ?

ऐन बनाउँदा संसदीय समितिसंग समेत हाम्रो छलफल भईरहेको थियो । हाम्रो सुझाव अनुसार केही परिवर्तन पनि भयो । जस्तै, मस्यौदा बनाउँदा सबै प्रदेशका खेलकुदको कार्यकारी प्रमुखहरु राखेपको बोर्ड सदस्य रहने प्रावधान थिएन । अहिले सातै प्रदेशको खेलकुद संरचनाका प्रमुख राखेपको बोर्डमा प्रतिनिधित्व गर्छन् ।

अर्को विषय प्रदेश स्तरमा खेलकुद संरचनाहरु प्रदेश कानुन अनुसार बनाउने भन्ने छ । जस्तै, संघहरु प्रदेश कानुन अनुसार बन्ने भन्नेछ ।

अब राष्ट्रिय ऐनले राष्ट्रिय संघहरु पुन दर्ता गर्ने भनेको छ । तिनीहरु पुन दर्ता गर्न कम्तिमा ४ प्रदेशमा दर्ता भएको हुनुपर्ने भन्ने छ । धेरैको बुझाई के छ भने चार प्रदेशमा गएर जिल्ला खेलकुदलाई जसरी सिफारिस लिए भैहाल्छ भन्नेछ । तर प्रदेशमा दर्ता हुने भनेको प्रदेश कानुन अनुसार हो । प्रदेशले कानुन बनाउँछ । संघहरुलाई कसरी व्यवस्थित बनाउने, कसरी उनीहरुको विकास गर्ने, अहिलेसम्म केन्द्रमा भएका कमजोरी के के थिए, त्यसलाई तलसम्म कमजोरी नलैजाने र सबल पक्षलाई निरन्तरता दिने र केन्द्रमा भएका गलत अभ्यासलाई नियन्त्रण गर्न सक्ने छुट प्रदेशलाई छ । त्यही भएर प्रदेश कानुन कसरी बनाउने भन्ने विषयमा सबै प्रदेशहरु प्रदेश कानुन बनाउन स्वतन्त्र छन् ।

हामी त्यही अनुसार प्रदेश ऐनको संशोधन गर्दैछौ । केन्द्रसंग बाँझिने गरि कानुन बनाउन पाइन्न । तर मौलिक हुन पाउँछ । केन्द्रले नसमेटेको कुरा प्रदेशले समेट्न पाउँछ । तर केन्द्रको व्यवस्थालाई प्रदेशले चुनौती दिन पाउँछ ।


प्रदेश खेलकुद परिषद्को ऐन हेर्दा धेरैले केन्द्रको जस्तै हुबहु सारेको देखिन्छ । प्रदेश खेलकुद सञ्चालमा आजको मुख्य समस्या के हो ?

पहिलो कुरा खेलकुद साझा अधिकारको सुचिमा छ । त्यसैले केन्द्र र स्थानीय तहसंग समन्वय गरेर हामीले काम गर्ने हो । कोही कसैको मातहतमा त हैन तर समन्वय नगरि खेलकुद क्षेत्रको विकास गर्न सजिलो छैन, जति समन्वय गर्दा सजिलो छ । त्यही भएर समन्वय त बागमती प्रदेशले केन्द्रसंग पनि र स्थानीय तहसंग समेत गरिरहेको छ । अनि केन्द्रको कार्यक्रमपनि धेरै हुन्छ । अझ प्रदेशको माध्यमबाट गर्नुपर्ने कार्यक्रमहरु धेरै हुन्छ । जस्तै राष्ट्रपति रनिङ शिल्ड छ । सबै प्रदेशमा अहिले बजेट कार्यक्रम पनि गएको छ, अख्तियारी पनि गएको छ ।

भोलि राष्ट्रिय खेलकुद हुन्छ । राष्ट्रिय खेलको समेत छनोट स्थानीय, जिल्ला, प्रदेश हुदै जानुपर्ने हुन्छ । अरु विविध कार्यक्रम पनि तह हुदै आउने हो । केन्द्रले मात्र गर्ने भन्ने हुदैन । केन्द्रको कार्यक्रम गर्ने एउटा कुरा हुन्छ । प्रदेशले पनि प्रदेश भित्रका खेलाडीलाई, खेललाई कसरी अब्बल बनाउने भन्ने नीति बनाउन सक्छ ।
अब केन्द्रको कार्यक्रम अनुसारको कानुन बनेको छैन ।

पहिलो चुनौती, प्रदेश नयाँ संरचना अनुसरा बन्यो । राष्ट्रिय खेलकुद ऐनमा प्रदेशमा अहिले भएको कर्मचारी जो काम गरिरहेका छन् । समायोजन गरेर प्रदेशमा पठाउने भन्ने छ । समायोजनको नियमावली अहिलेसम्म बनेको छैन । प्रदेश अघि अघि भयो । केन्द्र पछि पछि भयो । हुनपर्ने के थियोे, केन्द्र पहिला दगुर्ने, पछि पछि प्रदेश र स्थानीय दौडने हुनु पर्दथ्यो । तर यहाँ उल्टो भैदियो ।

हामी अलि अगाडी छौ । हामीले कानुन, ऐन, नियमावली, कार्यविधि बनायौं । हामी काममा अगाडी गैसक्यौ । संरचना विकासमापनि हामी अगाडी गैसक्यौ । करिब करिब प्रदेशको अहिले ७९ करोड चानचुनको विकास निर्माणको काम भईरहेको छ । केन्द्रले हरेक काममा ढिलो गर्ने र केन्द्र सरकार कता कता भन्ने भैरहेको छ । सबैभन्दा अफठ्यारो यही हो । केन्द्रले कानुन बनाउने, कर्मचारी समायोजन गर्दिने । एउटा तालिका बनाईदिने, परिषद्को बैठक बस्ने गरेको भए सबै प्रदेशलाई केन्द्रसंग नबाँझिने गरि काम गर्न सजिलो हुन्थ्यो । अहिले हामी एउटा तरिकाले काममा अगाडी गैरहेका हुन्छौ । केन्द्रको नियमावली पछि आउँदा समस्या पर्छ । एक त राज्यलाई नि घाटा हुन्छ । अर्को खेलकुद क्षेत्रको पनि जुन रफ्तारमा तहगत विकास हुनुपर्दथ्यो । त्यो हुन बाधा पुगेको छ ।


राष्ट्रिय खेलकुद विकास ऐनमा संघको प्रदेश र स्थानीय खेलकुदसंगको अन्तरसम्बन्ध स्पष्ट देखिदैन । कर्मचारी व्यवस्थापन र खेलकुद संंरचनाको बाँडफाटको विषयमा अन्यौलता कायमै छ । संघीय ऐनको व्यवस्थाले प्रदेशको खेलकुद सञ्चालमा कस्तो समस्या भोग्नु परेको छ ?

म ऐनमा अस्पिष्टता देख्दिन । ऐन अनुसार बाझिएको कुरा संशोधन गर्नुपर्छ । त्यसमा हामी गैसकेका छौ । तर नियमावली उल्लेख गर्नुपर्ने केही कुरा छन् ।

ऐनले कर्मचारी समायोजनको कुरा नियमावलीलाई दिएको छ । नियमावली बनाएर सशोधन गर्ने, सेवा सुविधाको ग्यारेन्टी समेत हुनपर्यो । कर्मचारी जवरजस्ती पठाएर भएन । म काम गरौ भन्ने उर्जा सहित सुविधा दिएर पठाउन पर्छ भन्ने हो । प्रदेशले नयाँ कर्मचारी भर्ना गर्ने हो भने केन्द्रको कर्मचारी कहाँ जाने ? समायोजन गर्ने भनेको छ । त्यो गर्नका लागि हामीले केन्द्र सरकारसंग टसल गर्नपर्यो ।

कि हामी केन्द्रको कर्मचारी लिन्नौ भनेर नियुक्ति गर्नपर्यो, हैन भने केन्द्रको कर्मचारी कति आउँछन्, नपुग भर्ना गरौला भनेर नयाँ कर्मचारी भर्ना नगरि प्रदेश सरकार बसेको छ । सबै प्रदेशको त्यही हो । केन्द्रको कर्मचारीले काम नपाउने, हामीले भएको बजेट, कार्यक्रम कार्यान्वय गर्नका लागि कर्मचारी अभाव हुने समस्या देखिएको छ ।

राज्यको बजेट खर्च भएको छ । कर्मचारीले अरु सुविधा नपाएपनि तलब पाईरहेका छन् । किन तलब खेर फाल्ने । कि त छिटो समायोजन गर्नपर्यो । कि यति कर्मचारी केन्द्रमै राख्छौ भनेर प्रदेशलाई कर्मचारी भर्ना गर्ने बाटो खोल्दिन पर्यो । समायोजनको कुरा छिटै होला भन्ने छ ।

केन्द्रसंग समन्वय गर्दै प्रदेश खेलकुद कसरी अघि बढिरहेको छ ?

ऐनमा समन्वय गर्ने भन्ने कुरा छ । कसरी गर्ने भन्ने ब्याख्या छैन । आवश्यकता अनुसार गर्न पायो ।
जस्तै, केन्द्रको कार्यक्रम सशक्त गएको हुन्छ, प्रदेश र स्थानीय तहमा । त्यो कार्यक्रमहरु केन्द्रकै कानुन र निर्देशिका अनुसार गर्ने हो ।

प्रदेशमा आफु कसरी उत्कृष्ट हुने भन्ने योजना त प्रदेश आफ्नै हो । जस्तै, बागमती प्रदेशले खेलाडीलाई प्रदेश स्तरीय खेलमा र राष्ट्रिय स्तरका प्रतियोगिता जादा दैनिक भत्ता २ हजार दिने नियमावलीमा ब्यवस्था गरेको छ । अहिलेपनि केन्द्रको हकमा १४ सय छ । अब बागमती प्रदेशले २ हजार दिने भएपनि अन्य प्रदेशले हामीसंग प्रतिस्पर्धा गर्न आउँछ । त्यसले खेलाडीलाई फाईदा भयो ।

अर्को ब्यवसायीक सुरक्षाको लागि नयाँ प्रावधान बनायौ । केन्द्र र अन्य प्रदेशले भन्दा नयाँ प्रावधान छ । यसअघि खेल अवधिभर कुनै खेलाडी घाईते भएमा, मृत्यु भएमा स्वयम जवाफदेही हुनेछ भनेर फारम भरेर लान पर्दथ्यो । तर बागमती प्रदेशले घाईत भएमा १५ लाख सम्म र मृत्यु भएमा ३० लाखसम्मको बिमा गर्ने ब्यवस्था गर्दियो । यो चाँही प्रदेश सरकारले आयोजना गर्ने र प्रदेश स्तरतीय प्रतियोगिता र राष्ट्रिय प्रतियोगितामा सहभागी हुन जादाँ समेत प्रदेशको तर्फबाट बिमा गरेर मात्र पठाउँछौ ।

अहिले साग खेलकुदमा पनि ७ लाख बराबरको बिमा गरेको रहेछ । प्रदेशले ३० लाखको गर्दियो । खेलाडीको व्यवसायीक सुरक्षाको लागि यो ठुलो कदम हो नि । हामीले यो गर्यौ, अब अर्को प्रदेशले समेत यो गर्नैपर्छ ।

अर्को खेलहरुलाई प्राथमिकिरण गर्यौ । प्रदेश सरकारले ९ वटा खेललाई प्राथमिकतामा राखेर त्यसको प्रतियोगिता पनि गर्ने, संरचनापनि गर्ने काम अघि बढाएको छ ।

अब सबै खेललाई एकै चोटी लगानी गर्न नसक्ने हुदाँ त्यो गर्यौ । ती खेलबाट राम्रा राम्रा खेलाडी उत्पादन गर्यौ भने राष्ट्रिय प्रतियोगिता गर्ने, देशको झण्डा बोकेर अन्तराष्ट्रिय प्रतियोगितामा जाने तीनै खेलाडी हुन् । त्यसैले हामीले प्रदेश स्तरमा सोच्ने हो । प्रदेशका खेलाडीलाई कसरी अरु प्रदेश भन्दा उत्कृष्ट बनाउने भनेर प्रदेश प्रदेशबीचको प्रतिस्पर्धा हुनपर्छ । त्यसमा उत्कृष्ट हुने गरि सोच्नुपर्छ ।

राष्ट्रिय प्रतियोगिता वा अन्तराष्ट्रिय प्रतियोगितामा जाने भनेको राष्ट्रिय खेलकुद परिषद् राखेपले सोच्ने हो । यहाँ अलिकति नमिलेको चिज के छ भने स्थानीय तहले राष्ट्रिय प्रतियोगिता गर्छु भन्छ, जस्तो एउटा गाउँपालिकाले राष्ट्रिय स्तरको प्रतियोगिता गरेर ७ देखि १ नम्बरको खेलाडी ल्याएर खेलाएर त्यहाँको गाउँको, त्यहाँको खेलाडीको के फाईदा हुन्छ ?

उसले त्यही भित्रको खेलाडीमा लगानी गर्ने हो । अनि धेरै भन्दा धेरै खेलाडी उत्पादन गर्ने, विकास गर्ने र विभिन्न प्रतियोगितामा पठाउने काम प्रदेशले गर्ने हो । र केन्द्र सरकारले प्रदेशले उत्पादन गरेका राम्रा राम्रा खेलाडी छानेर उनीहरुलाई सुविधा दिएर, उनीहरुमा लगानी गरेर राष्ट्रिय टिम तयारी गर्ने र अन्तराष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्ने योजना बनाउनुपर्छ ।

तर यहाँ केन्द्रले स्थानीय स्तरको गतिविधिलाई लगानी गरेको छ । स्थानीयले राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गरेको छ । यो संघीयताको मर्म नबुझ्ने कुरा हो । त्यसैले हामीले अनुदान दिदा समेत प्रदेश स्तरीय प्रतियोगितालाई मात्र दिने गरेका छौ । त्यसबाट प्रदेशभित्रका खेलाडीले फाईदा लिन पर्यो ।

अनि क्रिकेटमा पनि प्रधानमन्त्री कपमा हामीले प्रदेशको टिमलाई मात्र सहयोग गरेका छौ । प्रदेश सरकारले राष्ट्रिय प्रतियोगितामा लगानी गरेर के फाईदा, अर्को प्रदेशले पनि खेलाडीमा लगानी गर्न पर्यो । बागमती प्रदेशका खेलाडीलाई भत्ता दिएका छौ, पोशाक दिएका छौ । त्यसै गरि कार्यविधिमै आउदैछ । कार्यविधिमा पनि प्रदेश स्तरीय वा जिल्ला स्तरीय प्रतियोगिता गर्ने क्लबलाई अनुदान दिदैछौं । हामी त्यो भन्दा माथि नजाने । अर्काको कार्यक्षेत्रमा हस्तक्षप पनि नगर्ने र आफ्नो प्रदेश भन्दा बाहिर लगानी पनि नगर्ने । त्यसो भए प्रतिस्पर्धा हुन्छ ।

हरेक सबल नेतृत्वले लक्ष्य निर्धारण गरेको हुन्छ । बागमती प्रदेश सदस्य सचिवको रुपमा तपाईले निर्धारण गरेका लक्ष्य के छन् ?

खेलकुदको विकासमा दुईटा पोलबाट सोचिरहेको छु । भौतिक संरचनाको विकास एउटा प्राथमिकतामा पर्छ, जनशक्ति विकास अर्को महत्वपुर्ण पक्ष ।
हामीले दुवै चिजलाई मिलाउन सकेनौ भने नतिजा आउन सक्दैन ।

त्यसैले मैले दुवै पक्षलाई सयोजन गरेको छु । जनशक्ति विकास र भौतिक संरचना विकासलाई संगसंगै लैजाने हो । क्रिकेट मैदान छ, क्रिकेटको प्रशिक्षक राम्रो छैन भने क्रिकेट मैदानको अर्थ छैन । रेफ्री छैन, खेल गर्छु भन्नुको अर्थ छैन । खेलाडी, प्रशिक्षक र रेफ्री जनशक्ति विकासको कार्यक्रमपनि संगसंगै लैजाने र भौतिक विकास अन्तर्गत रंगशाला, कभर्डहल र खेल मैदान बनाउने कामलाई पनि संगसंगै लैजाने । त्यही अनुसार प्रदेश सरकारले प्रत्येक स्थानीय तहमा खेल मैदान, प्रत्येक प्रदेश स्तरीय निर्वाचन क्षेत्रमा कभर्डहल र प्रत्येक जिल्लामा रंगशाला र प्रदेश स्तरमा अन्तराष्ट्रिय खेलकुद प्रतिष्ठान गोरेटारमा निर्माणाधिन अन्तराष्ट्रिय स्तरको रंगशाला बनाउँदैछौ ।

पुर्वाधारमा पनि आवश्यक परेका काम गर्दैछौं । संगसंगै यसको संरक्षण र उपयोग गर्ने जनशक्ति विकास गरिरहेका छौ । जस्तै यही वर्ष हामीले फुटबलको रेफ्री ट्रेनिङ सुरु गरेका छौ । क्रिकेटको प्रशिक्षक कोर्स गर्दैछौ । प्रशिक्षक बनाउने र संरचना पनि बनाउने । अनि अभ्यास गर्न पठाउने । बक्सिङ्ग सहित तीन खेलको प्रशिक्षक तथा रेफ्री कोर्स गर्दैछौ । त्यसले खेलाडी उत्पादन गर्न रेफ्री र प्रशिक्षक तयार हुन्छ । खेलाडी खेल्नका लागि भौतिक संरचना तयार हुन्छ ।

चार वर्षको अन्तरालमा बागमती प्रदेशको खेलकुद कहाँ देख्न पाउँछौ ?

भविष्यवाणी भन्दापनि हाम्रो काम गराईको प्राथमिकता र बाटो मैले भनि सके । यसको नतिजामा सात प्रदेश मध्य बागमती प्रदेशका खेलाडी राष्ट्रिय प्रतियोगितामा अरु प्रदेश भन्दा अघि आउँछौ । अन्तराष्ट्रिय स्तरका प्रतियोगितामा जाने खेलाडीमा पनि हामीले तयार पारेका खेलाडी अन्ताराष्ट्रिय प्रतियोगितामा जान सक्ने र पदक जित्न सक्ने हुन्छन् । त्यसमा पनि प्राथमिकता तोकेका खेलहरु ९ वटा खेलहरु छन् । यि खेलका खेलाडीहरु अन्तराष्ट्रिय प्रतियोगितामा खेल्न जादा पदक जितेर ल्याउन सक्छन् । हाम्रो योजना यही छ । त्यसपछि खेलको प्राथमिकतालाई अलि फराकिलो बनाएर संख्या बढाउँछौं । हाम्रो लगानी, हैसियत, बजेट, देशको अवस्थाले सबै खेलको एकै चोटी विकास गर्न सक्ने नभएर पहिला यसलाई विकास गरिसकेपछि अन्य खेललाई थप्दै जाने योजना छ ।

बागमती प्रदेश खेलकुदले प्राप्त गरेको बजेटमा धेरैको आँखा छ । खेलकुदको बजेट कार्यान्वयन हाम्रो अर्को चुनौती हो । प्राप्त बजेटको कार्यान्वयन गर्ने क्षमता प्रदेश सरकारसंग छ ?

बजेटको खर्च गर्ने प्रणाली कस्तो बनाइन्छ भन्ने कुरा महत्वपुर्ण कुरा हो । हाम्रो प्रदेशमा भौतिक निर्माणको काम सामाजिक विकास मन्त्रालय अन्तर्गत निमार्ण ईकाइ बाट हुन्छ । उनीहरुले गरिरहेका छन् । हामीले उनीहरुसंग बारम्बार फलोअप गरिरहेका छौ । मन्त्रालयले पनि गरेको छ । उहाँहरुलाई कुनै प्राविधिक समस्या भयो भने हामी छलफल गरि टुङ्गो लगाउँछौ । यो बन्दै गरेको संरचनाका लागि पनि हाम्रो लक्ष्य अनुसारको बजेट खर्च हुन्छ । प्रतियोगिता, तालिम खेलकुद परिषद्ले आफै सिधै गरिरहेको छ । हामी शतप्रतिशत बजेट कार्यान्वयन गर्न सक्ने अवस्थामा छौं ।

हामीले सक्ने हामी गर्छौ । हामीले गर्न नसक्ने बाहिरबाट सहयोग लिएर भएपनि गर्छौ । बजेट धेरै कसरी आयो भन्ने विषयमा मन्त्रीको भुमिकाले धेरै हुने रहेछ । खेलकुद परिषद्को कार्यकारी भएपनि मन्त्रालयले प्राथमिकता दिन पर्यो । बजेट कार्यक्रम सोही अनुसार बनाउन पर्यो । धेरै नीतिगत कुराहरु मन्त्रालयसंग सम्बन्धित हुन्छन् ।

हाम्रोमा सामाजिक विकास मन्त्री युवराज दुलाल हुनुहुन्थ्यो । उहाँ आफै खेलकुद बुझेको, खेलकुदका मान्छेको कुरा गम्भिरतापुर्वक सुन्दिने र योजना बनाउन पनि एकदमै अब्बल र बिज्ञ हुनुहुन्थ्यो । त्यही भएर उहाँले खेलकुद क्षेत्रलाई प्राथमिकता दिएर, यसको महत्व बुझेर, खेलाडीको मर्म भावना बुझेर लगेका राम्रा प्रस्तावहरु सजिलै मन्त्रीपरिषद्बाट पास गराउनुभयो ।

मुख्य मन्त्रीलाई समेत उहाँले सहमत गराउन सक्नुभयो । मुख्यमन्त्रीले समेत उहाँले भनेका सकारात्मक रुपमा लिएर निर्णय गर्न सहयोग गर्नुभयो । यो सबै मैले गरेर भएको हैन । यो सदस्य सचिव, मन्त्री र मुख्यमन्त्रीको भावना र योजना मिलेको हो ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एनकेएल दोस्रो सिजन जेठमा

एनकेएल दोस्रो सिजन जेठमा

एन्फाको निर्वाचन फागुन २७ गते हुने

एन्फाको निर्वाचन फागुन २७ गते हुने

सकसमा अस्ट्रेलिया

सकसमा अस्ट्रेलिया

छिटो सिक्न नसक्ने बानीले नेपाली टोलीमा असर गर्‍यो : प्रशिक्षक निक

छिटो सिक्न नसक्ने बानीले नेपाली टोलीमा असर गर्‍यो : प्रशिक्षक निक

‘बी’ डिभिजनका क्लबले भने– मताधिकार छनोट प्रक्रियामा सहभागी हुँदैनौं

‘बी’ डिभिजनका क्लबले भने– मताधिकार छनोट प्रक्रियामा सहभागी हुँदैनौं

अबदेखि  खेल र अभ्यासमा स्टोक्सले लगाउने छन् हेल्मेट !

अबदेखि खेल र अभ्यासमा स्टोक्सले लगाउने छन् हेल्मेट !

सुपर ८ को दौडमा रहेन नेपाल

सुपर ८ को दौडमा रहेन नेपाल

विश्वकपमा सबैभन्दा धेरै रन बनाउने नेपाली ब्याटर बने ऐरी

विश्वकपमा सबैभन्दा धेरै रन बनाउने नेपाली ब्याटर बने ऐरी