ब्रुएन ४ देखि ६ हप्ता मैदान बाहिर रहने
२०२१ जनवरी २२, शुक्रबारखेलपाटी संवाददाता

एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर केभिन डी ब्रुएन ४ देखि ६ साता मैदान बाहिर रहने भएका छन् ।
ह्यामस्ट्रिङ चोटको कारण ब्रुएनले लामो समय मैदान बाहिर बिताउने भएका हुन् ।
बेल्जियमका प्ले मेकर ब्रुएनले बुधबार राति एस्टन भिल्लाविरुद्धको खेलमा चोट बोकेका थिए ।
अब उनले प्रिमियर लिगमा लिभरपुल, टोटेनहम र आर्सनलविरुद्धको खेल गुमाउने छन् ।
लिगमा सिटी दोस्रो स्थानमा रहेको छ ।
सिटी शीर्ष स्थानको म्यानचेस्टर युनाईटेड भन्दा २ अंकले पछाडी रहेको छ ।
मुख्य खेलाडी ब्रुएनले चोट बोकेपछि सिटीलाई दबाब थपिएको छ ।