आर्सनलले अनुबन्ध गर्यो ब्राइटनबाट गोलकिपर
शुक्रबार, ०९ माघ २०७७खेलपाटी संवाददाता

एजेन्सी । इंग्लिस प्रिमियर लिग क्लब आर्सनलले गोलकिपर माट रायनलाई लोनमा अनुबन्धित गरेको छ ।
आर्सनलले अष्ट्रेलियन गोलकिपरलाई ब्राइटनबाट अनुबन्ध गरेको हो ।
२८ वर्षीय गोलकिपरलाई आर्सनलले यस सिजनको अन्तिमसम्मको लागि अनुबन्ध गरेको हो ।
रायनले ब्राइटनबाट १ सय २१ प्रिमियर लिग खेलेका छन् ।
रायन सन् २०१७ मा भ्यालेन्सियाबाट ब्राइटन आएका थिए ।
उनले अष्ट्रेलियाका लागि ५९ खेल खेलिसकेका छन् ।








-1767150421112.webp&w=3840&q=75)

-1767162700754.jpg&w=3840&q=75)
-1767149980626.webp&w=3840&q=75)

