पहिलो हाफमा एपीएफलाई अग्रता
बिहिबार, ०८ माघ २०७७खेलपाटी संवाददाता

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा अहिले एपीएफ क्लबले रौतहटको चन्द्रपुर नगरपालिकासँग प्रतिस्पर्धा गरिरहेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफ सकिदा एपीएफ २-० ले अघि रहेको छ ।
एपीएफको लागि सावित्रा भण्डारी र अन्जली कुमारी योन्जनले एक एक गोल गरिन् ।
खेलको १४ औं मिनेटमा सावित्राको गोलबाट एपीएफले अग्रता बनाएको थियो ।
यस्तै खेलको २२ औं मिनेटमा अन्जलीले गोल गर्दा एपीएफ पहिलो हाफमा २-० ले अघि रहेको हो ।





-1775701512962.webp&w=3840&q=75)
-1775698893190.webp&w=3840&q=75)






