कुशमाण्डभ र मिलन टोल क्वाटरफाइनलमा
मंगलबार, ०६ माघ २०७७खेलपाटी संवाददाता

हेटौडा । कुशमाण्डभ टोल विकास संस्था र मिलन टोल विकास समिति तेस्रो टोल स्तरीय फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
मंगलबार भएको खेलमा कुशमाण्डभले प्रगति टोल विकाशलाई टाइब्रेकरमा पराजित गर्यो । निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गएको थियो।
अर्को प्रि-क्वाटरफाइनल खेलमा मिलन टोलले माल्दिप टोल विकास समितीलाई २-० गोलले पराजित गर्यो ।
मिलनको जितमा प्रवेश चौलागाईले दुई गोल गरे ।
प्रतियोगिता अन्तर्गत बुधबार आदर्श टोल विकास समितिले धाप टोल विकास समितिसँग प्रतिस्पर्धा गर्नेछ ।
त्यस्तै प्रगतिशील टोल विकास समितिले खाद्य टोल टोल विकास समितिसँग खेल्दा दिव्य पद टोल विकास समितिले सिर्जना टोल विकास समितिसँग प्रतिस्पर्धा गर्ने छ ।
प्रतियोगिताको विजेताले ३० हजार तथा उपविजेताले १५ हजार पुरस्कार प्राप्त गर्ने छन् ।






-1767150421112.webp&w=3840&q=75)
-1767149980626.webp&w=3840&q=75)


-1767098144368.jpg&w=3840&q=75)


