सूर्यकिरण क्लबलाई खेल पोशाक सहयोग
मंगलबार, ०६ माघ २०७७खेलपाटी संवाददाता

हेटौडा । पश्चिम मकवानपुर मनहरी गाउँपालिकाको सूर्यकिरण क्लबलाई रुप्चन लोले खेल पोशाक सहयोग गरेका छन् ।
मनहरी गाउँपालिका निवासी लोले क्लबलाई १६ थान जर्सी र मोजा सहयोग गरेका हुन् ।
रोजगारीको लागि हाल कतारमा रहेका लोले दाजु सागर लोमार्फत खेल पोशाक क्लबलाई सहयोग गरेका हुन् ।
लोले क्लबका अध्यक्ष बिरबहादुर मिजारलाई मंगलबार खेलकुद सामग्री हस्तान्तरण गरेका थिए ।
लोले आगामी दिनमा पनि गाउँको खेलकुद तथा अन्य गतिविधिको लागि आफुले सकेको सहयोग जारी रहने बताए ।
जर्सी हस्तान्तरण पछि बोल्दै क्लबका अध्यक्ष मिजारले लोको सहयोगले आफुहरुलाई थप हौसला मिलेको बताए ।






-1767150421112.webp&w=3840&q=75)
-1767149980626.webp&w=3840&q=75)


-1767098144368.jpg&w=3840&q=75)


