प्रिमियर लिगका १६ जनामा कोरोना
मंगलबार, माघ ६, २०७७खेलपाटी संवाददाता

एजेन्सी । इंग्लिस प्रिमियर लिगका खेलाडी र स्टाफ गरी १६ जनामा कोरोना भाईरसको संक्रमण देखिएको छ ।
पछिल्लो पटक गरिएको परिक्षणमा १६ जनामा कोरोना देखिएको प्रिमियर लिगले जनाएको छ ।
प्रिमियर लिगले दुई चरणमा ३ हजार ११५ जनामा परिक्षण गर्दा उक्त संक्रमित भेटिएको जनाएको छ ।
प्रिमियर लिगले जनवरी ११ देखि १४ सम्म १० जना र जनवरी १५ देखि १७ सम्ममा थप ६ जनामा संक्रमण देखिएको जनाएको छ ।
त्यसअघि प्रिमियर लिगका ३६ जनामा कोरोना देखिएको थियो ।
खेलाडी र स्टाफमा कोरोना देखिएपछि प्रिमियर लिगका केहि खेल स्थगित भएको थियो ।






-1762997834781.jpeg&w=3840&q=75)






