लिभरपुल र युनाइटेडको बराबरी
आइतबार, ०४ माघ २०७७खेलपाटी संवाददाता

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुल र म्यानचेस्टर युनाइटेडले बराबरी खेल्दै अंक बाडेका छन् ।
आइतबार राति भएको खेलमा लिभरपुल र युनाइटेडले गोलरहित बराबरी खेलेको हो ।
लिभरपुलको मैदानमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न नसक्दा खेल बराबरीमा सकिएको हो ।
बल पोजिसनमा पकड बनाएपनि घरेलु टोलि गोल गर्न चुकेको थियो ।
यस्तै गोलको अवसर सिर्जना गरेपनि युनाइटेडले त्यसलाई सदुपयोग गर्न सकेन ।
यस बराबरीसंगै लिग लिडर युनाइटेडले शीर्ष स्थानमा २ अंकको अग्रता बनाएको छ ।
युनाइटेडले १८ खेलमा ३७ अंक जोडेको छ ।
लिभरपुल तेस्रो स्थानमा रहेको छ । लिभरपुलले ३४ अंक जोडेको छ ।







_1727591754-1766731628489.jpg&w=3840&q=75)




-1766743021282.jpeg&w=3840&q=75)

