एजेन्सी । भारतविरुद्धको चौंथो तथा अन्तिम टेस्टमा आइतबार अष्ट्रेलियाले सामान्य अग्रता बनाएको छ ।
ब्रिसबेनमा तेस्रो दिनको खेल सकिदा अष्ट्रेलियाले ५४ रनको अग्रता बनाएको छ ।
भारतले पहिलो इनिङ्समा ३ सय ३६ रन बनाएपछि दोस्रो इनिङ्स सुरु गरेको अष्ट्रेलियाले विकेट नगुमाई २१ रन बनाएको छ ।
अष्ट्रेलियाका डेविड वार्नर २० र मार्कस ह्यारिस १ रन बनाएर खेलिरहेका छन् ।
यसअघि भारतले आफ्नो पहिलो इनिङ्समा अलआउट हुँदै ३ सय ३६ रन बनाएको थियो ।
भारतका लागि शार्दूल ठाकुरले ६७ र वासिङ्टन सुन्दरले ६२ रन बनाए । रोहित शर्माले ४४ रन जोड्दा मायांक अग्रवालले ३८ रन जोडे । कप्तान अजिंका रहाने ३७ रनमा आउट भए ।
अष्ट्रेलियाका जोस हाजलउडले ५ विकेट लिए । पाट कुमिन्स र मिचेल स्टार्कले २/२ विकेट लिए ।
अष्ट्रेलिया पहिलो इनिङ्समा ३ सय ६९ रन जोड्दा अलआउट भयो ।
अष्ट्रेलियाका लागि मार्नस लाबुसेनले शतक बनाए । लाबुसेन १ सय ८ रन बनाएर आउट भए ।
कप्तान टिम पेनले ५० रनको अर्धशतकीय इनिङ्स खेल्दा क्यामरुन ग्रिनले ४७ रन बनाए ।
यस्तै पूर्व कप्तान स्टिभ स्मिथले ३६ र म्याथ्यु वेडले ४५ रन जोडे ।
नाथन लायन २४ रनमा आउट हुँदा मिचेल सतर्क २० रनमा अविजित रहे ।
भारतका टी-नटराजन र सार्दुल ठाकुरले ३/३ विकेट लिए ।
दुई टिमबीचको ४ खेलको सिरिज १-१ को बराबरीमा रहेको छ ।
अन्तिम टेस्ट निर्णायक टेस्टको रुपमा रहेको छ ।