काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई जितका लागि १ सय ९६ रनको लक्ष्य दिएको छ ।
मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ४३ ओभर १ बलमा अलआउट हुँदै १ सय ९५ रन बनायो ।
आर्मीका लागि अनिल मण्डलले ८९ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान विनोद भण्डारीले ४१ रन बनाए ।
यस्तै राजेश पुलामीले १६, लोकेश बमले १३ र रोहित पौडेलले ११ रन बनाए ।
कर्णालीका दिनेश अधिकारी, राज शाह र दिवन पुनले २/२ विकेट लिए ।
आज आर्मी लगातार दोस्रो जितको खोजीमा रहेको छ ।
पहिलो खेलमा आर्मीले गण्डकी प्रदेशलाई ९९ रनले हराएको थियो ।
समूह 'ए' को आर्मीले १ खेलमा २ अंक जोडेको छ ।