काठमाडौं । नन्दन यादव र तिलक भण्डारीले समान चार विकेट लिएपछि बाग्मती प्रदेशले प्रधानमन्त्री कप पुरुष क्रिकेटमा साविक विजेता नेपाल पुलिस क्लबलाई १ सय ११ रनमा अलआउट गरेकाे छ ।
पुलिसले २९ ओभर ३ बल खेल्दै बागमतीलाई १ सय १२ रनकाे लक्ष्य प्रस्तुत गरेकाे छ ।
कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विभागीय टोली पुलिसले २९ ओभर ३ बल खेल्दै सबै विकेट गुमाएर १ सय ११ रन मात्रै बनाउन सक्यो ।
पुलिसका लागि ओपनरद्वय सुनील धमलाले २२ बलमा ३ चौकासहित १७ तथा कुशल भूर्तेलले ३९ बलमा २ चौकासहित १७ रन बनाए ।
त्यस्तै, अमित श्रेष्ठ ६ रनमा पेविलियन फर्किदा दीपेन्द्र सिंह ऐरीले ३९ बलमा २ चौकासहित २१ रनको योगदान गरे ।
आरिफ शेख २१, अनिल साह १, कप्तान मन्जित श्रेष्ठ ५, रसिद खान १, ललित राजवंशी १ रनमा आउट हुँदा सागर ढकाल १ रनमा अविजित रहे ।
धारिलाे बलिङ गरेको बाग्मतीका लागि नन्दनले ९ ओभरमा १ मेडनसहित ३१ रन खर्चेर ४ विकेट लिए ।
तिलकले ७ ओभर ३ बलमा १ मेडनसहित १७ रन खर्चेर ४ विकेट लिए ।
त्यस्तै, रामनरेश गिरीले ६ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । तिलक भण्डारीले ७ ओभरमा १७ रन खर्चेर तीन विकेट लिए ।