एजेन्सी । घरेलु टिम अष्ट्रेलियाविरुद्धको चौथो तथा अन्तिम टेस्टको पहिलो इनिङ्समा शनिबार भारतले खराब सुरुवात गरेको छ ।
ब्रिसबेनमा जारी टेस्टको दोस्रो दिन भारतले २ विकेट गुमाएर ६२ रन जोडेको छ । वर्षाको कारण चाडै दोस्रो दिनको खेल समाप्ति हुँदा भारतले गतिलो जवाफ फर्काउन सकेन । पहिलो इनिङ्समा भारत ३ सय ७ रनले पछि रहेको छ ।
भारतका रोहित शर्माले ४४ रन जोड्दा शुबमन गिल ७ रनमा आउट भए । चेतेश्वर पुजारा ८ र कप्तान अजिंका रहाने २ रनमा अविजित रहेका छन् ।
अष्ट्रेलियाका पाट कुमिन्स र नाथन लायनले १/१ विकेट लिईसकेका छन् ।
यस अघि अष्ट्रेलिया पहिलो इनिङ्समा ३ सय ६९ रन जोड्दा अलआउट भयो ।
पहिलो दिन अष्ट्रेलियाले पाँच विकेट गुमाएर २ सय ७४ बनाएको थियो । तर, दोस्रो दिन अष्ट्रेलियाले सम्हालिएर खेल्न सकेनन् ।
अष्ट्रेलियाका लागि मार्नस लाबुसेनले शतक बनाए । लाबुसेन १ सय ८ रन बनाएर आउट भए ।
कप्तान टिम पेनले ५० रनको अर्धशतकीय इनिङ्स खेल्दा क्यामरुन ग्रिनले ४७ रन बनाए ।
यस्तै पूर्व कप्तान स्टिभ स्मिथले ३६ र म्याथ्यु वेडले ४५ रन जोडे ।
नाथन लायन २४ रनमा आउट हुँदा मिचेल सतर्क २० रनमा अविजित रहे ।
भारतका टी-नटराजन र सार्दुल ठाकुरले ३/३ विकेट लिए ।
दुई टिमबीचको ४ खेलको सिरिज १-१ को बराबरीमा रहेको छ ।
अन्तिम टेस्ट निर्णायक टेस्टको रुपमा रहेको छ ।