काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट (पीएम) को लागि बागमती प्रदेशले टिमको घोषणा गरेको छ ।
बागमती प्रदेशले बिहीबार प्रतियोगिताको लागि १४ सदस्सीय टिमको घोषणा गरेको हो ।
बागमतीले राष्ट्रिय टिमको कप्तान समेत रहेका ज्ञानेन्द्र मल्लको कप्तानीमा टिमको घोषणा गरेको हो । टिमको उपकप्तानमा पृथु बास्कोटा रहेका छन् ।
बागमतीको टिममा राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्का, इशान पाण्डे,राम नरेश गिरि, दिपेश श्रेष्ठ, आकाश थापा, आदील खान र बिभत्सु थापा रहेका छन् ।
त्यस्तै नन्दन यादब, गौतम केसी, तिलक राज भण्डारी, आरियो पौडेल र विपिन आचार्य रहेका छन् ।
टिमको वैकल्पिक खेलाडीमा रिजन ढकाल,सुवास खत्री,जितेन्द्र सिंह ठकुरी र पवन श्रेष्ठ रहेका छन् ।
प्रधानमन्त्री कप क्रिकेट भोलिबाट टियु क्रिकेट मैदान सुरु हुँदैछ ।
उद्घाटन खेलमा आर्मीले गण्डकी प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगितामा ३ विभागिय टोली सहित ७ प्रदेशको सहभागिता रहेको छ ।
प्रतियोगितामा सहभागी १० टोलीलाई २ समूहमा विभाजन गरिएको छ ।
समूह 'ए' मा त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, गण्डकी प्रदेश, प्रदेश-१ र कर्णाली प्रदेश रहेका छन् ।
समूह 'बी' मा नेपाल पुलिस क्लब,बागमती प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश-२ र सुदूरपश्चिम प्रदेश रहेका छन् ।