सतिसालेलाई माघेसंक्रान्ति कपको उपाधि
बिहिबार, ०१ माघ २०७७खेलपाटी संवाददाता

काठमाडौं । सतिसाले युनियन केराबारीले पहिलो माघे संक्रान्ति नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
मोरङको बेलबारीस्थित नक्सल फुटबल चौरीमा बिहीबार भएको फाइनलमा विराटनगर फुटबल क्लबलाई टाइब्रेकरमा ८-७ गोल अन्तरले हराएर सतिसाले च्याम्पियन बनेको हो ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित र थप गरिएको समय २-२ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गएको थियो ।
उपाधिसँगै सतिसाले ५१ हजार प्राप्त गरेको छ । उपविजेता विराटनगरले ३१ हजार प्राप्त गर्यो ।
प्रतियोगितामा ८ टिमको सहभागिता रहेको थियो ।










%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)

