पीएसजीलाई सुपर कपको उपाधि

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले ट्रफी डेस चाम्पियन्स (सुपर कप) फुटबलको उपाधि जितेको छ ।
लेन्सको बुधबार राति भएको फाइनलमा मार्सेलीलाई २-१ गोल अन्तरले पराजित गर्दै पीएसजी च्याम्पियन बनेको हो ।
पीएसजीको जितमा माउरो इकार्डी र नेयमारले एक एक गोल गरे । मार्सेलीका दिमिट्री पायटले एक गोल फर्काए ।
खेलको ३९ औं मिनेटमा इकार्डीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
खेलको ८५ औं मिनेटमा नेयमारमा पेनाल्टीमा गोल गर्दा पीएसजी २-० ले अघि रह्यो ।
त्यसपछि खेलको ८९ औं मिनेटमा पायटले एक गोल फर्काएपनि पीएसजी २-१ ले विजयी भयो ।
यससँगै पीएसजीले १० औं पटक ट्रफी डेस चाम्पियन्सको उपाधि जित्न सफल भएको छ ।
यस्तै मुख्य प्रशिक्षक माउरिसियो पोचेटिनोले आफ्नो करियरकै पहिलो उपाधि समेत हात पार्न सफल भएका छन् ।
यस अघि लामो समय टोटेनहममा रहेका पोचेटिनोले उपाधि जित्न सकेका थिएनन् ।
ट्रफी डेस चाम्पियन्सको फाइनलमा लिग वान च्याम्पियन र कोप डे फ्रान्सको विजेतले प्रतिस्पर्धा गर्ने गर्छन ।










%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)

