फोडेनको गोलमा सिटीको जित
२०२१ जनवरी १४, बिहिबारखेलपाटी संवाददाता

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले साँघुरो जित निकालेको छ ।
घरेलु मैदानमा बुधबार राति भएको खेलमा सिटीले ब्राइटनलाई १-० ले पराजित गरेको हो ।
सिटीको जितमा फिल फोडेनले निर्णायक गोल गरे ।
खेलको ४४ औं मिनेटमा केभिन डी ब्रुएनको पासमा फोडेनले निर्णायक गोल गरेका हुन् ।
यस्तै खेलको इन्जुरी समयमा रहिम स्ट्रर्लिङले पेनाल्टीमा गोल गर्न सकेनन् । उनको प्रहार बाहिरिएको थियो ।
जितसँगै सिटी लिगको तेस्रो स्थानमा उक्लिएको छ ।
सिटीले १६ खेलमा ३२ अंक जोडेको छ ।
ब्राइटन १४ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।