राष्ट्रिय फुटबल टिमको प्रशिक्षण पोखरामा हुने
सोमबार, २७ पौष २०७७खेलपाटी संवाददाता

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले पोखरामा प्रशिक्षण गर्ने भएको छ ।
फिफा विश्वकप छनोट र एसियन कप छनोट अन्तर्गत बाँकी खेलका लागि तयारी गरिरहेको नेपाली टोलीले पोखरामा प्रशिक्षण गर्न लागेको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टोलीले पोखरामा दुई साता बढी प्रशिक्षण गर्ने जनाएको छ ।
कतारमा २०२२ मा हुने विश्वकप र चीनमा २०२३ मा एसियन कप छनोटमा नेपालले अब तीन होम खेल खेल्न बाँकी रहेको छ ।
नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताइपेसँग खेल्न बाँकी रहेको छ ।
पोखरामा टिमको प्रशिक्षणका लागि एन्फाले सुविधासम्पन्न होटेलको खोजी समेत गरेको छ ।
एन्फाले सोमबार एक सूचना निकाल्दै होटलको खोजी गरेको हो ।
एन्फाले निकालेको सूचनामा होटलमा विभिन्न ७ विशेषता हुनु पर्ने बताईएको छ ।










%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)

