चेल्सी एफए कपको चौंथो चरणमा
आइतबार, २६ पौष २०७७खेलपाटी संवाददाता

एजेन्सी । प्रिमियर लिग क्लब चेल्सी एफए कप फुटबलको चौंथो चरणमा प्रवेश गरेको छ ।
आइतबार राति भएको खेलमा मोरेकाम्बेलाई ४-० गोल अन्तरले पराजित गर्दै चेल्सीले चौंथो चरणको यात्रा तय गरेको हो ।
घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन मासन माउन्ट, टिमो वेर्नेर, कलुम हडसन ओडोई र काइ हाभर्ट्जले एक एक गोल गरे ।
खेलको १८ औं मिनेटमा माउन्टले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।
खेलको ४४ औं मिनेटमा वेर्नेरले गोल गर्दै चेल्सीलाई २-० को अग्रता दिलाए ।
खेलको ४९ औं मिनेटमा कलुमले गोल गर्दा चेल्सी ३-० ले अघि रह्यो ।
त्यसपछि खेलको ८६ औं मिनेटमा हाभर्ट्जले गोल गर्दै चेल्सीलाई ४-० को जित दिलाए ।












-1767162700754.jpg&w=3840&q=75)
-1767150421112.webp&w=3840&q=75)