युनाईटेड एफए कपको चौंथो चरणमा
आइतबार, २६ पौष २०७७खेलपाटी संवाददाता

एजेन्सी । प्रिमियर लिग क्लब म्यानचेस्टर युनाईटेड एफए कप फुटबलको चौंथो चरणमा प्रवेश गरेको छ ।
घरेलु मैदानमा शनिबार राति वाट्फोर्डलाई १-० गोल अन्तरले पराजित गर्दै युनाईटेड चौंथो चरणमा पुगेको हो ।
ओल्डट्राफोर्डमा युनाईटेडलाई जित दिलाउन स्कट म्याक टोमिनेले निर्णायक गोल गरे ।
उनले खेलको पाचौं मिनेटमा गरेको गोल युनाईटेडको जितमा निर्णायक बनेको थियो ।
अर्को प्रिमियर लिग क्लब लेष्टर सिटीले पनि चौंथो चरणमा स्थान बनाएको छ ।
लेष्टरले स्टोक सिटीलाई ४-० ले हराएर चौंथो चरणको यात्रा तय गरेको हो ।
लेष्टरको जितमा जेम्स जस्टिन, मार्क अल्ब्राइटन, आयोजे परेज र हार्भे बर्नेसले एक एक गोल गरे ।








%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)

