बराबरीमा रोकियो रियल
आइतबार, २६ पौष २०७७खेलपाटी संवाददाता

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिड बराबरीमा रोकिएको छ ।
शनिबार राति भएको खेलमा रियल ओसासुनासँग गोलरहित बराबरीमा रोकिएको हो ।
ओसासुनाको मैदानमा पाएको मौकालाई सदुपयोग गर्न नसक्दा रियलले अंक बाड्नु परेको हो ।
बल पोजिसनमा एकतर्फी पकड जमाएपनि रियलका फरवार्डले गोल गर्न सकेनन् ।
यता, घरेलु टोलीका खेलाडीले पनि केहि उत्कृष्ट अवसरलाई गोलमा बदल्न सकेनन् ।
बराबरीमा रोकिएसँगै रियलले १८ खेलमा ३७ अंक जोडेको छ ।
रियल दोस्रो स्थानमा रहेको छ ।
ओसासुना १५ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ ।








%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)

