एजेन्सी । घरेलु टिम दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टेस्टको दोस्रो दिन श्रीलंकाले ५ रनको अग्रता बनाएको छ ।
जोहन्सवर्गमा सोमबार दोस्रो दिनको खेल सकिदा श्रीलंकाले ५ रनको अग्रता बनाएको हो ।
दक्षिण अफ्रिकालाई अलआउट गर्दै दोस्रो इनिङ्स थालेको श्रीलंकाले ४ विकेट गुमाएर १ सय ५० रन जोड्दै अग्रता बनाएको हो ।
श्रीलंकाका लागि दिमुथ करुनारत्ने ९१ रनमा अविजित रहेका छन् । निरोशन डिक्वेला १८ रन बनाएर क्रिजमा छन् ।
लाहिरु थिरिमाने ३१ रनमा आउट भए । दक्षिण अफ्रिकाका लुंगी एनजिडीले ३ विकेट लिएका छन् ।
श्रीलंका पहिलो इनिङ्स भने १ सय ५७ रन जोड्दा अलआउट भएको थियो ।
खराब प्रदर्शन गरेको श्रीलंकाका लागि कुशल परेराले ६० रनको अर्धशतकीय इनिङ्स खेले ।
यस्तै डी सिल्भाले २९ रन जोड्दा दुशमान्था चामिराले २२ रन जोडे ।
दक्षिण अफ्रिकाका एन्रीच नोर्ट्जेले ६ विकेट लिए । विन मुल्डरले ३ विकेट लिए ।
दक्षिण अफ्रिकाले भने पहिलो इनिङ्समा ३ सय २ रन बनाएको थियो ।
दक्षिण अफ्रिकाका डीन एल्गरले १ सय २७ रन को शतकीय इनिङ्स खेले । भान डेर डुसेनले ६७ रन बनाए ।
श्रीलंकाका विश्व फर्नान्डोले ५ विकेट लिए ।
विश्व टेस्ट च्याम्पियनसिप अन्तर्गतको सिरिजमा दक्षिण अफ्रिका १-० ले अघि रहेको छ ।
पहिलो टेस्टमा दक्षिण अफ्रिकाले एक इनिङ्स ४५ रनको जित निकालेको थियो ।