एजेन्सी । टेस्ट सिरिज खेलिरहेका अष्ट्रेलिया र भारतका सबै खेलाडीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।
तेस्रो टेस्ट अघि गरिएको कोरोना परिक्षणमा दुबै टिमका खेलाडीको रिपोर्ट नेगेटिभ आएको हो ।
यस्तै टिमका स्टाफ, अफिसियलहरुको रिपोर्ट समेत नेगेटिभ आएको छ ।
मेलबर्नबाट सिड्नी फर्किएपछि खेलाडी, स्टाफ र अफिसियलहरुको कोरोना परिक्षण गरिएको थियो ।
आईसीसी विश्व टेस्ट च्याम्पियनसिप अन्तर्गतको तेस्रो टेस्ट जनवरी ७ बाट सिड्नीमा सुरु हुनेछ ।
दुई टिमबीचको ४ खेलको सिरिज १-१ को बराबरीमा रहेको छ ।
पहिलो टेस्ट अष्ट्रेलियाले ८ विकेटले जितेको थियो । यस्तै दोस्रो टेस्ट भारतले ८ विकेटले नै आफ्नो बनाएको थियो ।