एजेन्सी । घरेलु टिम न्युजिल्याण्डले पाकिस्तानविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा पकड राखेको छ ।
क्राइसचर्चमा दोस्रो दिनको खेल सकिदा न्युजिल्याण्डले ३ विकेट गुमाएर २ सय ८६ रन बनाएको छ ।
पहिलो इनिङ्समा न्युजिल्याण्ड ११ रनले पछि रहेको छ ।
न्युजिल्याण्डका लागि कप्तान केन विलियमसन १ सय १२ रनको शतकीय इनिङ्स खेल्दै अविजित रहेका छन् ।
उनको यो टेस्टमा २४ औं शतक हो ।
कप्तान विलियमसनलाई हेनरी निकोल्सले ८९ रन बनाएर साथ दिईरहेका छन् ।
यस्तै टम लाथमले ३३ रन जोड्दा टम ब्लुनडेलले १६ रन बनाए ।
पाकिस्तानका शहिन शाह अफ्रिदी,मोहम्मद अब्बास र फहिम आश्रफले १/१ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको पाकिस्तानले पहिलो इनिङ्समा २ सय ९७ रन बनाएको थियो ।
उसका अजहर अलीले ९३ रन जोड्दा मोहमद रिजवानले ६१ रन बनाए ।
फाहिम आश्रफले ४८ रन जोड्दा जफर गोहारले ३४ रन बनाए ।
न्युजिल्याण्डका केली जेमिसनले ५ विकेट लिए ।
आईसीसी टेस्ट च्याम्पियनसिप अन्तर्गतको दुई खेलको सिरिजमा न्युजिल्याण्ड १-० ले अघि रहेको छ ।
पहिलो टेस्टमा न्युजिल्याण्डले पाकिस्तानलाई १ सय १ रनले हराएको थियो ।