एजेन्सी । अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) टी-ट्वान्टी क्रिकेटमा आज (सोमबार) होबर्ट हुरीकेन्स र मेलबर्न स्टार्सबीच प्रतिस्पर्धा हुँदैछ ।
नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द होबर्ट र मेलबर्नबीचको खेल नेपाली समय अनुसार बिहान १०:५० बजे सुरु हुनेछ ।
मेलबर्नविरुद्ध सन्दीप प्लेइङ-११ मा पर्ने सम्भावना रहेको छ । किनकी सन्दीपले होबर्टका लागि डेब्यु खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।
मेलबर्नविरुद्ध शनिबार डेब्यु गरेका सन्दीपले २ विकेट लिएका थिए । मेलबर्न सन्दीपको पूर्व क्लब समेत हो ।
होबर्टले मेलबर्नविरुद्ध खेल्ने टिममा सन्दीपलाई समेत राखेको छ ।
लिगमा होबर्ट ७ खेलमा १८ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
मेलबर्नलाई हराएर होबर्ट दोस्रो स्थानमा उक्लन चाहन्छ ।
यस अघिको भेटमा होबर्टले मेलबर्नलाई २१ रनले हराएको थियो ।
मेलबर्न पनि होबर्टविरुद्ध अघिल्लो भेटमा व्यहोरेको हारको बदला लिन चाहन्छ ।
मेलबर्न ६ खेलमा ११ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।