बराबरीमा रोकियो लिभरपुल
सोमबार, २९ मंसिर २०७७खेलपाटी संवाददाता

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुल बराबरीमा रोकिएको छ ।
आइतबार राति भएको खेलमा लिभरपुल फुलहमसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
फुलहमको मैदानमा मोहमद सलाहले दोस्रो हाफमा गोल गरेपछि लिभरपुल हारबाट जोगिएको हो ।
सलाहले खेलको ७९ औं मिनेटमा पेनाल्टीमा गोल गरेका थिए ।
त्यसअघि खेलको २५ औं मिनेटमा बोब्बि रेइडले गोल गर्दै फुलहमलाई अग्रता दिलाएका थिए ।
बराबरीमा रोकिएसँगै लिभरपुलले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ ।
लिभरपुलले १२ खेलमा २५ अंक जोडेको छ । लिभरपुल दोस्रो स्थानमा रहेको छ ।
फुलहम ८ अंक जोडेर १८ औं स्थानमा रहेको छ ।











-1767162700754.jpg&w=3840&q=75)
-1767150421112.webp&w=3840&q=75)
-1767149980626.webp&w=3840&q=75)