काठमाडौं । नेपाली राष्ट्रिय किकेट टिमका सदस्य कुशल मल्लले चोट बोकेका छन् ।
किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बन्द प्रशिक्षणको दौरान कुशलले चोट बोकेका हुन् ।
अभ्यासको क्रममा कुशलले शनिबार देब्रे हातको चोट बोकेका हुन् ।
फिल्डिङको क्रममा उनको देब्रे हातमा चोट लागेको हो ।
चोट बोकेपछि कुशल ४/५ दिनको विश्राममा रहने छन् ।
कुशलले गत फेब्रुअरीमा भएको क्रिकेट विश्वकप लिग अन्तर्गत अमेरिकाविरुद्ध एकदिवसीय अन्तराष्ट्रियमा डेब्यु गरेका थिए ।
उनले डेब्यु खेलमै अर्धशतक बनाउने कान्छा खेलाडीको कीर्तिमान बनाएका थिए ।
यस्तै कुशलले सन् २०१९ मा टेष्ट राष्ट्र जिम्बाबेविरुद्ध टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । त्यसयता कुशलले ६ टी-ट्वान्टी अन्तराष्ट्रिय र ३ एकदिवसीय अन्तराष्ट्रिय खेल खेलेका छन् ।
कोरोना भाईरसको महामारी सुरु भएको झन्डै ९ महिनापछि नेपाली टिमले बन्द प्रशिक्षण थालेको हो ।
नेपाली टिमले प्रशिक्षक जगत टमटाको नेतृत्वमा प्रशिक्षण गरिरहेको छ ।