एजेन्सी । घरेलु टिम न्युजिल्याण्डविरुद्धको पहिलो टेस्टमा वेस्ट इन्डिज हारतर्फ अग्रसर भएको छ ।
ह्यामिल्टनमा जारी टेस्टको तेस्रो दिन शनिबार फलो अनमा परेको वेस्ट इन्डिजले दोस्रो इनिङ्समा ६ विकेट गुमाएर १ सय ९६ रन बनाएको छ ।
न्युजिल्याण्डविरुद्ध वेस्ट इन्डिज अझै १ सय ८५ रनले पछि रहेको छ ।
तर, जेर्मिने ब्लाकवुड र अल्जारी जोसेपले अर्धशतकीय इनिङ्स खेल्दै वेस्ट इन्डिजलाई सम्हालिरहेका छन् ।
तेस्रो दिनको खेल सकिदा ब्लाकवुड ८० रनमा अविजित रहेका छन् । यस्तै जोसेप ५९ रनमा अविजित छन् ।
त्यसबाहेक डारेन ब्राभोले १२ तथा कार्लोस ब्रेथवेटले १० रन जोडे ।
न्युजिल्याण्डका निल वाग्नेरले २ विकेट लिएका छन् ।
यस अघि वेस्ट इन्डिजले पहिलो इनिङ्समा मात्र १ सय ३८ रन बनाउन सक्यो ।
पहिलो इनिङ्समा उसका जोन क्यापबेलले २६ तथा कप्तान जासन होल्डरले अविजित २५ रन बनाए ।
यस्तै जेर्मिने ब्लाकउडले २३ रन जोड्दा कार्लोस ब्रेथवेटले २१ रन बनाए । चोटका कारण वेस्ट इन्डिजका शेन डरिचले ब्याटिङ गरेनन् ।
वेस्ट इन्डिजको इनिङ्स ध्वस्त बनाउन न्युजिल्याण्डका टिम साउथेले ४ विकेट लिएका थिए । निल वाग्नेरले ३ तथा केली जेमिसनले २ विकेट लिए ।
न्युजिल्याण्डले शुक्रबार ७ विकेट गुमाएर ५ सय १९ रन जोड्दै इनिङ्स समाप्तिको घोषणा गरेको थियो ।
न्युजिल्याण्डको उच्च स्कोरमा कप्तान केन विलियम्सनले २ सय ५१ रनको दोहोरो शतकीय इनिङ्स खेले । टेस्टमा विलियम्सनको यो तेस्रो दोहोरो शतक हो ।
यस्तै टम लाथमले ८६ रनको अर्धशतकीय इनिङ्स खेल्दा केली जेमिसनले अविजित रहदै ५१ रन बनाए ।
रोस टेलरले ३८ तथा टम ब्लुनडेलले १४ रन बनाए ।
वेस्ट इन्डिजका केमार रोच र शानन ग्राबियलले ३/३ विकेट लिए ।
न्युजिल्याण्ड भ्रमणमा रहेको वेस्ट इन्डिजले घरेलु टिमसँग दुई खेलको टेस्ट सिरिज खेल्नेछ ।
यस अघि वेस्ट इन्डिजले टी-ट्वान्टी सिरिज गुमाएको थियो ।