एजेन्सी । भारतका अलराउण्डर रविन्द्र जडेजाले अष्ट्रेलियाविरुद्धको टी-ट्वान्टी सिरिज अन्तर्गत बाँकी दुई खेल गुमाउने भएका छन् ।
भारतीय क्रिकेटको सर्वोच्च निकाय बीसीसीआईले जडेजाले अष्ट्रेलियाविरुद्धको बाँकी दुई खेल गुमाउने जनाएको छ ।
जडेजाले सिरिजका बाँकी खेल गुमाउने भएपछि भारतले उनको स्थानमा सार्दुल ठाकुरलाई टिममा बोलाएको छ ।
३१ वर्षीय जडेजाले शुक्रबार भएको पहिलो खेलमा चोट बोकेका थिए । जुन खेल भारतले ११ रनले जितेको थियो ।
ब्याटिङ गर्ने क्रममा जडेजाले ह्यामस्ट्रिङको चोट बोकेका थिए ।
यस्तै जडेजाको टाउकोमा बलले समेत लागेको थियो । मिचेल स्टार्कको बाउन्सर बलले उनको टाउको लागेको थियो ।
पहिलो इनिङ्समा जडेजाले चोट बोकेपछि भारतले फिल्डिङको इनिङ्समा युजभेन्द्र चाहललाई खेलाएको थियो ।