जोकोभिच युएस ओपनको उपाधि नजिक
शनिबार, भदौ २३, २०७५खेलपाटी संवाददाता

एजेन्सी । सर्बियन टेनिस स्टार नोभाक जोकोभिच युएस ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन् ।
शनिबार बिहान भएको सेमिफाइनलमा जापानका केई निशिकोरीलाई हराउदै जोकोभिचले फाइनलमा स्थान पक्का गरेका हुन् ।
न्युयोर्कमा भएको खेलमा जोकोभिचले निशिकोरीलाई ६-३,६-४ र ६-२ को सेटमा हराए । योसंगै जोकोभिचले मुख्य प्रतियोगिताको २३ औं पटक फाइनलमा स्थान बनाउन सफल भए ।
३१ बर्षका जोकोभिचले अब फाइनलमा अर्जेन्टिनाका जुवान मार्टीन डेल पोट्रोसंग खेल्नेछन् । पोट्रोले नाडाललाई हराएर फाइनलमा स्थान पक्का गरिसकेका छन् ।






1686853912-1760864621059.avif&w=3840&q=75)






