एजेन्सी । साबिकको विजेता तथा विश्व नम्बर एक स्पेनिस राफायल नाडाल युएस ओपन टेनिसको सेमिफाइनलबाट बाहिरिएका छन् ।
शनिबार बिहान सेमिफाइनल खेलको दौरान घुँडाको चोट बोकेपछि नाडालले खेल त्यागेका थिए । नाडालले खेल त्यागेपछि अर्जेन्टिनाका जुवान मार्टिन डेल पोट्रोले फाइनलमा स्थान पक्का गरेका छन् ।
खेल त्याग्नुअघि नाडालले २ पटक प्राथमिक उपचार गरेका थिए । तर, घुँडाको समस्या ठिक नहुँदा नाडालले खेल त्यागेका थिए ।
नाडालले खेल त्याग्नुअघि पोट्रोले खेलमा ७ - ६(७-३) र ६ - २ ले अग्रता बनाएका थिए । तेस्रो वरीयताका पोट्रोले करिब ९ बर्सपछि ग्राण्डस्लाम टेनिसको फाइनलमा स्थान बनाएका हुन् ।
पोट्रोलेअब सर्बियन नोभाक जोकोभिच र जापानिज केइ निशिकोरीबीचको बिजेतासंग खेल्नेछन् ।