एजेन्सी । दक्षिण अफ्रिकाका बलर कागिसो राबडाले इंग्ल्यान्डविरुद्धको एकदिवसीय सिरिज गुमाउने भएका छन् ।
चोटका कारण राबडाले इंग्ल्यान्डविरुद्धको तीन खेलको एकदिवसीय सिरिज गुमाउने भएका हुन् ।
तिब्र गतिका बलर राबडाको दाहिने खुट्टाको एडक्टरमा समस्या आएको बताईएको छ ।
राबडाको चोट ठिक हुन कम्तिमा ३ साता लाग्ने दक्षिण अफ्रिका क्रिकेटले जनाएको छ ।
दक्षिण अफ्रिका र इंग्ल्यान्डबीचको पहिलो एकदिवसीय शुक्रबार केप टाउनमा हुनेछ ।
चोटका कारण २५ वर्षीय बलरले इंग्ल्यान्डसँगको अन्तिम तथा तेस्रो टी-ट्वान्टी समेत गुमाएका थिए ।
दक्षिण अफ्रिकाले तीन खेलको टी-ट्वान्टी सिरिज ३-० ले गुमाएको थियो ।