एजेन्सी । घरेलु टिम अष्ट्रेलियाले दोस्रो एकदिवसीय क्रिकेटमा भारतलाई जितका लागि ३ सय ९० रनको फराकिलो लक्ष्य दिएको छ ।
सिड्नीमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा ४ विकेट गुमाएर ३ सय ८९ रन बनायो ।
सिड्नी क्रिकेट मैदानमा अष्ट्रेलियाको फराकिलो स्कोरमा स्टिभ स्मिथले शतकीय इनिङ्स खेले ।
लगातार दोस्रो खेलमा शतक बनाएका स्मिथले १ सय ४ रन बनाए । पहिलो खेलमा स्मिथले १ सय ५ रन बनाएका थिए ।
यस्तै डेभिड वार्नरले अर्धशतकीय इनिङ्स खेल्दै ८३ रन बनाए ।
मार्नुस लाबुसेनले ७० रनको अर्धशतकीय इनिङ्स खेल्दा कप्तान आरोन फिन्चले ६० रनको अर्धशतकीय इनिङ्स खेले ।
अर्धशतकीय इनिङ्स खेलेका ग्लेन म्याक्सवेल ६३ रनमा अविजित रहे ।
भारतका मोहमद शामी र हार्दिक पाण्डयले १/१ विकेट लिए ।
अष्ट्रेलिया भ्रमणमा रहेको भारत ३ खेलको सिरिजमा १-० ले पछि रहेको छ ।
शुक्रबार भएको पहिलो खेलमा अष्ट्रेलियाले भारतलाई ६६ रनले पराजित गरेको थियो ।
आज अष्ट्रेलिया जित निकाल्दै सिरिजमा कब्जा जमाउन चाहन्छ ।
भारतलाई भने सिरिज जोगाउन जित्नै पर्ने दबाब रहेको छ ।