काठमाडौं । मनोज कटवाल राष्ट्रिय क्रिकेट टिमको सहायक प्रशिक्षक नियुक्त भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार कटवाल सहायक प्रशिक्षकको रुपमा नेपाली टिमको बन्द प्रशिक्षणमा सामेल भएको जनाएको छ ।
नेपाली राष्ट्रिय टोलीका पूर्व खेलाडी मनोजले यस अघि पनि टिमको सहायक प्रशिक्षक भएर काम गरिसकेका छन् ।
नेपाली टिमले जगत टमटाको नेतृत्वमा प्रशिक्षण गरिरहेको छ ।
किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपाली टिमले बिहीबारबाट बन्द प्रशिक्षण सुरु गरेको हो ।
नेपाली टिम ९ महिनापछि सामुहिक प्रशिक्षणमा फर्किएको हो ।
यस्तै क्यानले कोरोना भाईरसको संक्रमणबाट मुक्त भएका कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्र सिंह ऐरी र रोहित पौडेल बन्द प्रशिक्षणमा सामेल भएको समेत जनाएको छ ।
बन्द प्रशिक्षण अघि गरिएको कोरोना परिक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको थियो । जसको कारण उनीहरु टिममा सामेल भएका थिएनन् ।
क्यानले बन्द प्रशिक्षणका लागि २७ खेलाडीलाई बोलाएको छ ।