एजेन्सी । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले भारतलाई जरिवाना गरेको छ ।
अष्ट्रेलियाविरुद्धको पहिलो एकदिवसीय खेलमा स्लो ओभर रेटको कारण आईसीसीले भारतलाई जरिवाना गरेको हो ।
सिड्नीमा भएको पहिलो एकदिवसीयमा स्लो ओभर बलिङ गरेको भन्दै आईसीसीले भारतलाई म्याच फिको २० प्रतिशत जरिवाना गरेको हो ।
पहिलो खेलमा भारत अष्ट्रेलियासँग ६६ रनले पराजित भएको थियो । र, भारत ३ खेलको सिरिजमा १-० ले पछि परेको छ ।
भारत र अष्ट्रेलियाबीचको दोस्रो खेल आइतबार हुनेछ ।
यस्तै भारतका कप्तान विराट कोहलीले स्लो ओभर बलिङको आरोप स्वीकार गरेका छन् ।