एजेन्सी । घरेलु टिम दक्षिण अफ्रिकाविरुद्धको पहिलो टी-ट्वान्टी क्रिकेटमा इंग्ल्यान्डले जित निकालेको छ ।
शुक्रबार राति भएको खेलमा इंग्ल्यान्डले दक्षिण अफ्रिकालाई ५ विकेटले पराजित गरेको हो ।
केप टाउनमा दक्षिण अफ्रिकाले दिएको १ सय ८० रनको लक्ष्य इंग्ल्यान्डले १९ ओभर २ बलमा ५ विकेट गुमाएर पुरा गर्यो ।
इंग्ल्यान्डको जितमा जोनी बेयरस्टोले अविजित रहदै ८६ रनको अर्धशतकीय इनिङ्स खेले ।
यस्तै बेन स्टोक्सले ३७ रन जोड्दा डाविड मालनले १९ रन जोडे । कप्तान इयान मोर्गनले १२ रन बनाए ।
दक्षिण अफ्रिकाका जर्ज लिन्दे र लुंगी एनजिडीले २/२ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो ।
दक्षिण अफ्रिकाका फाप डु प्लेसिसले ५८ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए ।
भान डेर डुसेनले ३७ रन जोड्दा कप्तान क्विनटन डी ककले ३० रन बनाए ।
हेन्रीच क्लासेनले २० रन बनाए । इंग्ल्यान्डका साम करणले ३ विकेट लिए ।
जितसँगै इंग्ल्यान्डले ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ ।
दुई टिमबीचको दोस्रो खेल आइतबार हुनेछ ।