काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल कोरोना भाईरसको संक्रमणबाट मुक्त भएका छन् ।
कप्तान ज्ञानेन्द्रले शुक्रबार आफु कोरोना संक्रमणबाट मुक्त भएको जनाएका छन् ।
सामाजिक संजाल फेसबुकबाट ज्ञानेन्द्रले आफु कोरोना मुक्त भएको बताएका छन् ।
ज्ञानेन्द्रसँगै उपकप्तान दिपेन्द्र सिंह ऐरी र रोहित पौडेल पनि कोरोना मुक्त भएका छन् ।
दिपेन्द्र र रोहितले पनि फेसबुकबाट आफुहरु कोरोनाबाट मुक्त भएको बताएका छन् ।
राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण अघि गरिएको कोरोना परिक्षणमा उनीहरुलाई कोरोना पोजेटिभ देखिएको थियो ।
नेपालले बिहीबारबाट बन्द प्रशिक्षण सुरु गरिसकेको छ ।
कोरोना मुक्त भएसँगै उनीहरु अब टिमको प्रशिक्षणमा सामेल हुने छन् ।