एजेन्सी । वेस्ट इन्डिजले घरेलु टिम न्युजिल्याण्डलाई पहिलो टी-ट्वान्टी क्रिकेटमा जितका लागि १ सय ८१ रनको लक्ष्य दिएको छ ।
अकल्याण्डमा वर्षाले प्रभावित गरेको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले १६ ओभरमा ७ विकेट गुमाएर १ सय ८० रन बनायो ।
वर्षाको कारण १६ ओभरमा झारिएको खेलमा वेस्ट इन्डिजका लागि कप्तान केइरन पोलार्डले अविजित रहदै ७५ रनको अर्धशतकीय इनिङ्स खेले ।
यस्तै आन्द्रे फ्लेट्चरले ३४ रन जोड्दा फाबियन एलनले ३० रन बनाए । ब्राण्डन किङ्ले १३ रन बनाए ।
न्युजिल्याण्डका लागि लक्की फेर्गुसनले ५ विकेट लिए । टिम साउथीले २ विकेट लिए ।
वेस्ट इन्डिज घरेलु टिमसँगको ३ टी-ट्वान्टी र २ टेस्ट सिरिजका लागि न्युजिल्याण्ड भ्रमणमा रहेको छ ।