एजेन्सी । घरेलु टिम अष्ट्रेलियाले पहिलो एकदिवसीय क्रिकेटमा भारतलाई जितका लागि ३ सय ७५ रनको फराकिलो लक्ष्य दिएको छ ।
सिड्नीमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ७४ रन बनायो ।
अष्ट्रेलियाको फराकिलो स्कोरमा कप्तान आरोन फिन्च र स्टिभ स्मिथले शतकीय इनिङ्स खेले ।
कप्तान फिन्चले १ सय १४ रनको शतकीय इनिङ्स खेल्दा ९ चौका र २ छक्का प्रहार गरे । फिन्चको यो १७ औं एकदिवसीय शतक हो ।
स्मिथले १ सय ५ रनको शतकीय इनिङ्स खेले । उनको यो १० औं एकदिवसीय शतक हो ।
त्यस्तै डेभिड वार्नरले ६९ रनको अर्धशतकीय इनिङ्स खेल्दा ग्लेन म्याक्स्वेलले ४५ रन बनाए ।
मार्कुस स्टोनिस सुन्य रनमा आउट हुँदा मार्नुस लाबुसेनले २ रन बनाएर आउट भए ।
एलेक्स केरी १७ रनमा अविजित रहदा पाट कुमिन्स १ रनमा अविजित रहे ।
भारतका मोहमद शामीले ३ विकेट लिए । जस्प्रित बुम्राह, नाभदिप शैनी र युभेन्द्र चाहलले १/१ विकेट लिए ।