काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण बिहीबारबाट सुरु भएको छ ।
नेपाली टिमले किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा प्रशिक्षण गरिरहेको छ ।
नेपाली टिमले प्रशिक्षक जगत टमटाको नेतृत्वमा प्रशिक्षण गरिरहेको हो ।
नेपाली टिम ९ महिनापछि सामुहिक प्रशिक्षणमा फर्किएको हो ।
कोरोना भाईरसको महामारीको कारण गत चैतपछि नेपाली टिमले पहिलो पटक सामुहिक प्रशिक्षण गरेको हो ।
नेपाली टिमको दोस्रो दिनको प्रशिक्षण फोटोमा हेर्नुहोस् । दोस्रो दिन नेपाली टिमले जिममा बिताएको थियो।
तस्बिर - क्यान