एजेन्सी । भारतका भेट्रान बलर इशान्त शर्माले अष्ट्रेलियाविरुद्धको टेस्ट सिरिज गुमाउने भएका छन् ।
साइट स्ट्रेन चोटका कारण शर्माले ४ खेलको टेस्ट सिरिज गुमाउने भएका हुन् ।
बीसीसीआईले बिहीबार शर्माले टेस्ट गुमाउने पुष्टि गरेको छ ।
अष्ट्रेलियाको भ्रमणमा रहेको भारतले डिसेम्बरमा घरेलु टिमसँग टेस्ट सिरिज खेल्नेछ ।
यस्तै भारतले टी नटराजनलाई एकदिवसीय टिममा समावेश गरेको छ ।
२९ वर्षीय बलर पहिलो पटक भारतको एकदिवसीय टिममा परेका हुन् ।
नाभदिप शैनीले चोट बोकेपछि तमिलनाडु तथा सनराईजर्स हैदराबादका नटराजनले मौका पाएका हुन् ।
अष्ट्रेलिया भ्रमणमा रहेको भारतले आज घरेलु टिमसँग पहिलो एकदिवसीय खेल खेल्दैछ ।
पहिलो एकदिवसीय सिड्नीमा हुनेछ ।
दुई टिमबीच तीन खेलको एकदिवसीय सिरिज हुनेछ ।