काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टिमको बन्द प्रशिक्षणका लागि पाँच खेलाडी थप गरेको छ ।
कप्तान ज्ञानेन्द्र मल्लसहित तीन खेलाडीलाई कोरोना संक्रमण भएपछि क्यानले बुधबार पाँच खेलाडी थप गरेको हो ।
क्यानले रित गौतम, अनिल शाह, कुशल भुर्तेल, बिक्रम शोब र लोकेश बमलाई बन्द प्रशिक्षणको लागि टिममा बोलाएको छ ।
यस अघि क्यानले बन्द प्रशिक्षणका लागि २२ खेलाडी बोलाएको थियो ।
तर, कप्तान मल्लसहित उपकप्तान दिपेन्द्र सिंह ऐरी र रोहित पौडेललाई कोरोना देखिएको थियो ।
नेपाली टिमले बिहीबारबाट प्रशिक्षण सुरु गर्दैछ ।
नेपाली टिमले प्रशिक्षक जगत टमटाको नेतृत्वमा प्रशिक्षण गर्नेछ ।
नेपाली टिम ९ महिनापछि सामुहिक प्रशिक्षणमा फर्कन लागेका हो ।
कोरोना भाईरसको महामारीको कारण गत चैतबाट नेपाली टिमले सामुहिक प्रशिक्षण गरेको छैन ।
लामो समय खेलाडी मैदान बाहिर रहेपछि नेपाल क्रिकेट संघ (क्यान) ले सावधानी अपनाएर प्रशिक्षण गराउन लागेको हो ।
प्रशिक्षणमा बोलाइएका खेलाडीहरु :
ज्ञानेन्द्र मल्ल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उप कप्तान), पारस खड्का, सन्दीप लामिछाने, शरद भेसावाकर, कारण केसी, बसन्त रेग्मी, बिनोद भण्डारी, सोमपाल कामी, सुसन भारी, ललित नारायाण राजबंशी, आरिफ शेख, पवन सराफ, अविनास बोहरा, सुवास खकुरेल, रोहित कुमार पौडेल, कुशल मल्ल, राशिद खान, कमल सिंह ऐरी, सन्दीप जोरा, किशोर महतो, भुवन कार्की, रित गौतम, अनिल शाह, कुशल भुर्तेल, बिक्रम शोब, लोकेश बम
प्रशिक्षक : जगत बहादुर टमटा