एजेन्सी । न्युजिल्याण्डका अलराउण्डर कोलिन डी ग्रान्डहोमले वेस्ट इन्डिजविरुद्धको टेस्ट सिरिज गुमाउने भएका छन् ।
चोटका कारण कोलिनले वेस्ट इन्डिजविरुद्धको सिरिज गुमाउने भएका हुन् ।
कोलिनको दाहिने खुट्टाको हड्डीमा समस्या देखिएको बताईएको छ ।
'कोलिन टेस्टबाट बाहिरिनु निराशाजनक छ । उनी अब पाकिस्तानविरुद्ध उपलब्ध हुने लक्ष्य लिएका छौँ,' न्युजिल्याण्डका मुख्य प्रशिक्षक गेरी स्टिडले भने ।
कोलिनको स्थानमा अलराउण्डर मिचेललाई एक टेस्टका लागि टिममा बोलाईएको छ ।
यस्तै स्पिनर अजाज पटेलले चोटकै कारण पहिलो टेस्ट गुमाउने छन् । पटेलले दोस्रो खेल भने खेल्ने बताईएको छ ।
न्युजिल्याण्डले घरेलु मैदानमा वेस्ट इन्डिजसँग २ टेस्टको सिरिज खेल्नेछ ।
पहिलो टेस्ट डिसेम्बर ३ मा सुरु हुनेछ ।
त्यसअघि न्युजिल्याण्डले वेस्ट इन्डिजसँग तीन खेलको टी-ट्वान्टी सिरिज खेल्नेछ ।
पहिलो टी-ट्वान्टी शुक्रबार हुनेछ ।