शुक्रबार, असोज ३, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
  4. /
  5. बंगलादेशविरुद्ध जित निकाल्ने नेपालको लक्ष्य

बंगलादेशविरुद्ध जित निकाल्ने नेपालको लक्ष्य

२०२० नोभेम्बर १२, बिहिबारखेलपाटी संवाददाता

बंगलादेशविरुद्ध जित निकाल्ने नेपालको लक्ष्य

काठमाडौं । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत नेपाली राष्ट्रिय फुटबल टिमले भोलि (शुक्रबार) बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपालले बंगलादेशसँग ढाकास्थित बंगबन्धु रंगशालामा प्रतिस्पर्धा गर्ने छन् ।

‘मुजिब वर्ष फिफा अन्तराष्ट्रिय फुटबल सिरिज’ अन्तर्गतको नेपाल र बंगलादेशको पहिलो खेल नेपाली अनुसार अपरान्ह ४:४५ बजे सुरु हुनेछ ।

लामो समयपछि अन्तराष्ट्रिय खेलका लागि मैदान उत्रदा नेपाल र बंगलादेश दुबै टोली जित र हार भन्दा पनि फुटबल फर्किएकोमा खुसी हुनेछन् ।

तर, दुबै टिमको लक्ष्य जित नै हुनेछ ।

नेपाली टोलीका कार्यकारी प्रशिक्षक बाल गोपाल महर्जनले फुटबल फर्किएकोमा खुसी रहेको बताउँदै बंगलादेशविरुद्ध जितका लागि खेल्न आफ्ना खेलाडी आतुर रहेको बताए ।

‘धेरै समयपछि हामी फुटबल खेलमा फर्किएका छौं । म आशा गर्छु यो दुई गेम जित्न हामी राम्रो प्रदर्शन गर्छौ,’ ढाकामै नेपाली टिमलाई बंगबंधु कपको उपाधि दिलाएका प्रशिक्षक महर्जनले प्रि-म्याच कन्फरेन्समा भने ।

Image may contain: 1 person

पछिल्लो समय बंगलादेशविरुद्ध नेपालले राम्रो फुटबल खेलिरहेको र सकारात्मक नतिजा आएका कारण आफ्नो खेलाडी सोहि नतिजा निकाल्न तयार रहेका उनले प्रष्ट पारे ।

‘बंगलादेशविरुद्ध पछिल्लो समय राम्रो नतिजा आएको छ । मेरो खेलाडीको फेरि नतिजा निकाल्न तयार छन्,’ उनले थपे ।

महर्जनले कोरोनाको संक्रमणले गर्दा सेटका केहि खेलाडी गुमाउँदा कठिन भएको समेत बताए ।

‘हामीले यस अघिनै सेटका ४ खेलाडी गुमाएका छौं । अहिले बंगलादेशमा पनि खेलाडी गुमायौं । जसले गर्दा निकैनै गाह्रो हुन्छ,’ महर्जनले थपे, ‘तर नयाँ खेलाडी पनि बंगलादेशविरुद्ध सकारात्मक छन् । उनीहरुले अवसर पाउनेछन् ।’

बंगलादेश प्रस्थान गर्नु अघि नेपालका ७ खेलाडीको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । यस्तै अट्याकिङ मिडफिल्डर रोहित चन्द भने चोटका कारण नेपालमै रोकिन बाध्य भए ।

बंगलादेश पुगेका एक खेलाडी पनि कोरोना पोजेटिभ आएपछि हाल एकान्तबासमा बसेका छन् ।

नेपाली टिमका कार्यकारी कप्तान किरण कुमार लिम्बुले मैत्रीपूर्ण खेलका लागि बंगलादेश फुटबल फेडेरेशनलाई धन्यवाद दिदै बंगलादेशविरुद्ध खेल्न टिम आतुर रहेको बताए ।

‘धन्यवाद बंगलादेश । हामी दुबै उस्तै अवस्थामा छौं । बंगलादेश धेरै राम्रो टिम छ । गेम खेल्न निकै नै आतुर छौं । हामी धेरै समयपछि बंगलादेशसँग खेल्दैछौं,' हालै भारतीय आईलिग क्लब पन्जाब एफसीमा आबद्ध भएका किरणले भने, 'समय थोरै भएपनि दुबै गेम निकैनै प्रतिस्पर्धात्मक हुनेछ । हामी भोलीको लागि तयार छौं ।’

यता, बंगलादेश फुटबल टोलीका कप्तान जमल भुयानले पछिल्लो समय नेपालसँग व्यहोरेको हारको बदला लिन आफ्नो टिम तयार रहेको बताए ।

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

‘द स्पेशल वान’  माउरिन्हो

‘द स्पेशल वान’ माउरिन्हो

साफ क्लब महिला च्याम्पियनसिप एपीएफसहित ५ टोली

साफ क्लब महिला च्याम्पियनसिप एपीएफसहित ५ टोली

आक्रामक सिटी

आक्रामक सिटी

Bhat Bhateni
‘द स्पेशल वान’  माउरिन्हो

‘द स्पेशल वान’ माउरिन्हो

क्रिकेट टोलीलाई युएईले दिएन भिसा

क्रिकेट टोलीलाई युएईले दिएन भिसा

नेपाल र वेस्ट इन्डिज खेलको टिकटदर : १५ हजारसम्म

नेपाल र वेस्ट इन्डिज खेलको टिकटदर : १५ हजारसम्म

साफ क्लब महिला च्याम्पियनसिप एपीएफसहित ५ टोली

साफ क्लब महिला च्याम्पियनसिप एपीएफसहित ५ टोली

छोराले एकै ओभरमा ५ छक्का खाए, बुबाले हृदयाघातबाट ज्यान गुमाए

छोराले एकै ओभरमा ५ छक्का खाए, बुबाले हृदयाघातबाट ज्यान गुमाए

श्रीलंका र बंगलादेश सुपर ‘फो’ मा, अफगानिस्तान फर्कियो घर

श्रीलंका र बंगलादेश सुपर ‘फो’ मा, अफगानिस्तान फर्कियो घर

आक्रामक सिटी

आक्रामक सिटी

बार्सिलोनामा चम्किए रासफोर्ड

बार्सिलोनामा चम्किए रासफोर्ड