जोकोभिक युएस ओपन टेनिसको सेमिफाईनलमा
बिहिबार, भदौ २१, २०७५खेलपाटी संवाददाता

एजेन्सी । नोभाक जोकोभिक युएस ओपन टेनिसको सेमिफाईनलमा प्रवेश गरेका छन् ।
अष्टेलियन खेलाडी जोन मिलम्यानलाई पराजित गर्दै जोकोभिकले अन्तिम ४ मा स्थान पक्का गरेका हुन् ।
३१ बर्षका जोकोभिचले ६–३, ६–४ र ६–४ को सेटमा जित निकाल्ने क्रममा ४४ औ वरियताका अष्टे«लियन खेलाडीलाई शिकार बनाए ।
जोकोभिचले अब फाईनल प्रवेशकलागि जापानी खेलाडी केई निशिकोरीसंग प्रतिस्पर्धा गर्नेछन् ।
क्रोएसियाका मारिन सिलिकलाई पराजित गर्दै निशिकोरी यसअघिनै सेमिफाईनल पुगिसकेका छन् ।






1686853912-1760864621059.avif&w=3840&q=75)






