एजेन्सी । अष्ट्रेलियाको बिग बास लिग (बीबीएल) टी-ट्वान्टी क्रिकेटमा ३ विदेशी खेलाडी प्लेइङ सेटमा राख्न पाईने भएको छ ।
बीबीएलले नयाँ सिजनको लिगमा ३ विदेशी प्लेइङ सेटमा राख्न पाउने नियम बनाएको हो ।
यस अघि बीबीएलमा २ विदेशी खेलाडी मात्र राख्न पाईने प्रावधान रहेको थियो ।
बीबीएलमा एक टिममा ६ विदेशी खेलाडी राख्न पाईने छ ।
नयाँ सिजनको बीबीएल आगामी डिसेम्बर ३ बाट सुरु हुनेछ ।
फ्रेन्चाइज टिमले विदेशी खेलाडी अनुबन्धन सुरु गरिसकेको छ ।
बीबीएलमा नेपालका सन्दीप लामिछाने समेत खेल्दै आईरहेका छन् ।
अघिल्लो सिजन सन्दीपले मेलबर्न स्टार्सबाट खेलेका थिए ।
यस पटक भने उनले कुनैपनि क्लबसँग सम्झौता गरिसकेका छैनन् ।