एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेट टिम दिल्ली क्यापिटल्सले लेग स्पिनर प्रविन दुबेलाई अनुबन्धित गरेको छ ।
भेट्रान लेग स्पिनर अमित मिश्राले चोट बोकेपछि दिल्लीले प्रविनलाई अनुबन्धित गरेको हो ।
दिल्लीले सोमबार मिश्राको स्थानमा प्रविनलाई टिममा अनुबन्धित गरिएको जनाएको छ ।
दुबेले कर्नाटकबाट घरेलु क्रिकेट खेल्दै आइरहेका छन् । उनी यस अघि २०१६ र १७ मा रोयल च्यालेन्जर्स बैंगलोरमाअनुबन्धित भएका थिए । तर, उनले आईपीएलमा डेब्यु गर्न पाएका छैनन् ।
चोटका कारण मिश्राले युएईमा जारी १३ औं संस्करणको बाँकी खेल गुमाएका हुन् ।
३७ वर्षीय अमित कोलकत्ता नाइट राइडर्सविरुद्धको खेलमा चोट बोकेका थिए ।
दिल्लीमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने समेत रहेका छन् ।
तर, लगातार तेस्रो वर्ष आईपीएल खेलिरहेका सन्दीप यस पटक भने बेन्चमै सिमित हुँदै आइरहेका छन् ।
दिल्लीले ९ खेल खेल्दा सन्दीपले मौका पाएका छैनन् ।
दिल्ली ९ खेलमा १४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।