एजेन्सी । वेस्ट इन्डिजले न्युजिल्याण्ड भ्रमणका लागि राष्ट्रिय क्रिकेट टिमको घोषणा गरेको छ ।
वेस्ट इन्डिज क्रिकेट बोर्डले न्युजिल्याण्ड भ्रमणका लागि टेस्ट र टी-ट्वान्टी टिमको घोषणा गरेको हो ।
वेस्ट इन्डिजले नोभेम्बर २७ देखि डिसेम्बर १५ सम्म न्युजिल्याण्डको भ्रमण गर्नेछ ।
भ्रमण दौरान वेस्ट इन्डिजले न्युजिल्याण्डसँग २ खेलको टेस्ट र ३ खेलको टी-ट्वान्टी सिरिज खेल्ने तालिका रहेको छ ।
वेस्ट इन्डिजले जासन होल्डरको कप्तानीमा टेस्ट टिमको घोषणा गरेको हो ।
टेस्ट टिममा होल्डरसँगै जेर्मेन ब्लाकउड, क्रेग ब्राथवेट, डरेन ब्राभो, शाम्रह ब्रोक्स, जोन क्यापबेल, रोस्टन चेस, राहकिम कोर्नवाल, शाने डोव्रिच, शानोन गाब्रिल, शिम्रोन हिटमायर, चेमार होल्डर, अल्जारी जोसेप, केमो पाउल र केमार रोच रहेका छन् ।
केइरन पोलार्डको कप्तानीमा रहेको टी-ट्वान्टी टिममा फाबियान एलान, ड्वेन ब्राभो, सेल्डोन कोट्रेल, आन्द्रे फलेट्चेर, शिम्रोन हिटमायर, ब्रानडोन किङ, केली माएर्स, रोभमान पोवेल, केमो पाउल, निकोलस पुरन, ओशाने थोमस, हेडेन वाल्स र केस्रिच विलियम्स रहेका छन् ।
आन्द्रे रसेल र इभिन लेविस भने टिममा परेका छैनन् ।