एजेन्सी । पाकिस्तानका क्रिकेटर उमार गुलले सबै खाले क्रिकेटबाट सन्यास घोषणा गरेका छन् ।
३६ वर्षीय बलर उमारले शुक्रबार सबै खाले क्रिकेटबाट सन्यास घोषणा गरेका हुन् ।
गुललाई पाकिस्तानका एक महान फास्ट बलर मानिन्छन् ।
सन् २००३ मा पाकिस्तानका लागि डेब्यु गरेका गुलले ४७ टेस्ट, १ सय ३० एकदिवसीय र ६० टी-ट्वान्टी अन्तराष्ट्रिय खेलेका छन् ।
पाकिस्तानको यू-१९ टोलीबाट समेत खेलेका गुलले जिम्बावेविरुद्ध खेल्दै एकदिवसीयमा डेब्यु गरेका थिए । त्यसको अर्को वर्ष बंगलादेशविरुद्ध उनले टेस्टमा डेब्यु गरेका थिए ।
गुलले टेस्टमा १ सय ६३ र एकदिवसीयमा १ सय ७९ विकेट लिदा टी-ट्वान्टीमा ८५ विकेट लिएका छन् ।
गुलले पाकिस्तानबाट दुई पटक विश्वकप खेलेका थिए ।
उनी पछिल्लो समय घरेलु क्रिकेटमा व्यस्त रहेका थिए ।