एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) को टिम कोलकत्ता नाइट राइडर्सका कप्तान दिनेश कार्तिकले कप्तानी पद छाडेका छन् ।
कोलकत्ताले शुक्रबार कप्तान कार्तिकले टिमको कप्तानी छाडेको जनाएको छ ।
दिनेशले कप्तानी छाडेपछि इंग्ल्यान्डका इयान मोर्गनलाई कप्तानीको जिम्मेवारी दिईएको कोलकत्ताले जनाएको छ ।
विकेट किपर ब्याट्सम्यान दिनेशले आफुलाई ब्याटिङमा केन्द्रित गर्न कप्तानी छाडेको बताएका छन् ।
युएईमा जारी १३ औं संस्करणको आईपीएलमा कोलकत्ता तालिकाको चौंथो स्थानमा रहेको छ । कोलकत्ताले ७ खेलमा ८ अंक जोडेको छ ।
कोलकत्ताले शुक्रबार साविक विजेता मुम्बई इन्डियन्ससँग प्रतिस्पर्धा गर्दैछ ।